पुलिससँग विराट गोल्डकपमा हारेको बदला लिँदै बुढासुब्बा गोल्डकपको उपाधि मनाङ मस्र्याङदीले उचाल्यो

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस









धरान, २२ फाल्गुन - नेपाल पुलिस क्लवसँग विराट गोल्डकपमा हारेको बदला लिँदै धरानमा सम्पन्न १८ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुबबा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङदी क्लवले उचालेको छ ।

शनिवार धरानको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सम्पन्न प्रतियोगितामा मनाङले नेपाल पुलिस क्लवविरुद्ध १–० गोलको नतिजा निकाल्दै उपाधिमाथि तेस्रो पटक कब्जा जमाएको हो। मनाङको जितमा प्रतियोगिताको ८७ औं मिनेटमा अफ्रिकन खेलाडी एपिज ओलावालेले गरेको गोल नै मनाङलाई उपाधि उचाल्न पर्याप्त बन्यो।

हेमन गुरुङको कर्णर किक बललाई अनन्त तामाङको पासमा ओलावालेले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मनाङले यसअघि २०६० को छैटौ र २०६७को तेह्रौं संस्करणको उपाधि पनि जितेको थियो ।
बुढासुब्बा गोल्डकपको उपाधिसँगै मनाङले नगद ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता पुलिसले २ लाखमा चित्त बुझाएको छ ।
अधिकांश व्यक्तिगत विधाका पुरस्कार पनि मनाङकै खेलाडीले जितेका छन्।

फाइनल प्रतियोगिताको म्यान अफ दि म्याच र सर्वाधिक गोलकर्ताको उपाधि मनाङका एपिज आलावाले नै घोषित भए । प्रतियोगिताभर ५ गोल गरेका उनले सर्वाधिक गोलकर्ताको २५ हजार नगद र म्यान अफ दि म्याचको नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताभरको उत्कृष्ट खेलाडी र गोलरक्षकको उपाधि मनाङका किरण चेम्जोङ घोषित भए । उनले उत्कृष्ट गोल रक्षकको नगद ११ हजारसहित १२५ सिसीको यामाहा मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट मिडफिल्डर र स्टाईकरमा क्रमश मनाङका हेमन्त गुरुङ अनिल गुरुङ घोषित भए।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा मनाङका छिरिङ गुरुङ घोषित भए । उत्कृष्ट रक्षकमा पुलिसका सुरज विक घोषित भए ।विजयी खेलाडिहरुले जनही ११ हजार पुरस्कार प्राप्त गरेका छन।

विजयी खेलाडीहरुलाई राखेपका सदस्य सचिव केशव विष्टले पुरस्कार वितरण गरे । यो जितसँगै मनाङले जारी सिजनका तीनवटा उपाधि जितेको छ । मनाङले यसअघि पोखराको आहारारा गोल्डकप र हेटौडाको सुमन भोमजन स्मृति अन्तर्राष्टिय गोल्डकपको उपाधि जितेको हो।

- See more at: http://dcnepal.com/news/news.php?nid=197091#sthash.35b5qNMJ.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment