आफ्नै प्रेमी तथा श्रीमानबाट यातना खेपेका बलिउड अभिनेत्रीहरु को को छन ? -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस






विगतका तुलनामा महिलाहरुमा आफूमाथि भएको अन्यायविरुद्ध बोल्ने साहस बढेको मानिन्छ । सामान्य जीवनयापन गर्ने महिलाहरु पनि आफ्नो अधिकारबारे सजग हुन थालेका छन् ।

तर, महिला हिंसा अशिक्षित तथा विकट समुदाय या परिवारमा मात्र हुँदैनन् । कतिपय शिक्षित तथा धनी परिवारका महिलाले पनि पुरुषबाट अनेक यातना पाएका हुन्छन् । संसारकै धनीमध्ये पर्ने मुलुक भारत, अझ त्यसमाथि बलिउडजस्तो चम्किलो क्षेत्रमा लागेका महिलाहरुले आफ्ना प्रेमी तथा श्रीमान्बाट मानसिक एवं शारीरिक यातना पाएका उदाहरण धेरै छन् । यहाँ बलिउडका १२ अभिनेत्रीलाई प्रस्तुत गरिएको छ ।

ऐश्वर्या रायः ऐश्वर्या राय र सलमान खान कुनै समयमा प्रेमी÷प्रेमिका थिए । बताइएअनुसार सलमानले उनलाई बारम्बार पिटिरहन्थे । एकपटक त सुटिङ सेटमै झापड लगाएका थिए । सलमान त्यतिबेला कहिलेकाहिँ रक्सी पिएर ऐश्वर्याको घर पुग्ने गरेको पनि बताइन्छ ।

क्याट्रिना कैफः ऐश्वर्याजस्तै क्याट्रिना पनि सलमानबाट पीडित भएको बताइन्छ । सन् २०१२ मा फिल्म ‘एक था टाइगर’ को सुटिङमा क्याट्रिनाले छोटो कपडा लगाएको भन्दै सलमानले गाली गरेको र पिटेको बताइन्छ । करिना कपुर पनि उनीहरुको नजिक भएकाले सलमानलाई करिनाले शान्त पारेको बताइन्छ ।

प्रिती जिन्टाः केही दिनअघि मात्र प्रितीले अमेरिकी प्रेमीसँग सुटुक्क बिहे गरिन् । उनी यसअघि भारतीय व्यवसायी नेस वाडियाको प्रेममा थिइन् । बताइएअनुसार नेस र प्रिती सन् २००५ मा प्रेममा परेका थिए । २००८ मा उनीहरुले आइपिएल टिम ‘किंग्स एलाभेन पञ्जाव’ साझेदारीमा चलाएका थिए । आइपिएल चलिरहेकै समयमा नेसले खुल्ला ठाउँमा प्रितीलाई झापड हानेपछि उनीहरुबीच झगडा सुरु भएको थियो । केही समयपछि उनीहरुबीच ब्रेकअप भयो । सन् २०१४ मा प्रितीले आफूमाथि मारपिट गरेको आरोपमा नेसविरुद्ध उजुरी दिइन् । उजुरीमा आइपिएलमा किंग्स एलाभेन पञ्जाव र चेन्नई सुपर किंग्सबीच खेल चलिरहँदा नेसले अभद्र भाषा बोलेकाे र धम्की दिएको उल्लेख थियो ।



करिश्मा कपुरः सन् २००३ मा बिहे गरेर २०१३ मा अलग भएको करिश्मा र सञ्जय कपुरको जोडीबीच सम्बन्धबिच्छेद भएको छैन । सम्पतिका कारण उनीहरु अझै औपचारिक रुपमा भिन्न हुन सकेका छैनन् । हालै करिश्माले सञ्जयले आफूलाई सानो सानो निहुँ झिकेर बारम्बार कुटिरहने आरोप लगाएकी छिन् । उनले आफूमाथि शारीरिक तथा मानसिक यातना भएको भन्दै सञ्जयविरुद्ध अदालतमा उजुरी दिएकी छिन् ।

कंगना रनावतः कंगनाले यसै वर्ष करियरको सुरुवातीमा आफूमाथि शारीरिक दुव्र्यवहार भएको खुलासा गरिन् । उनले त्यो समयमा त्यो पुरुषविरुद्ध उजुरी दिएको बताइन् तर ती व्यक्ति को हुन् भन्नेबारे भने खुलाएकी छैनन् । त्यसो त कंगनाले सन् २००७ मा यातना आरोपमा आदित्य पाञ्चोलीविरुद्ध उजुरी दिएकी थिइन् । उनीहरु त्यसअघि लिभ इन रिलेसनसिपमा थिए ।

जिया खानः जिया खानको आत्महत्याको कारण सुरज पाञ्चोली भएको बताइन्छ । जियाकी आमाले सार्वजनिक गरेको सुसाइड नोटमा लेखिएको थियो,‘मैले तिमीसँग प्रेम गरेँ । बदलामा मलाई गाली र शारीरिक यातना दियौ । मैले सबै सहेर बसेँ किनकी मैले तिमीलाई प्रेम गर्थें । म प्रेग्नेन्ट भएँ तर तिमीले मलाई बच्चा गुमाउन बाध्य बनायौ । तिमीले मलाई धोका दियौ । तिमीले यो पढ्ने बेला म टाढा पुगिसकेको हुनेछु ।’

जिनत अमानः एक समयकी चर्चित अभिनेत्री जिनत अमानले दुई बिहे गरिन् तर दुःख मात्र पाइन् । बताइएअनुसार पहिलो पति सञ्जय खानले उनलाई सार्वजनिक स्थलमै यसरी पिटे कि यसैकारण उनको आँखाको ज्योति नै गुम्यो । एक वर्षपछि उनीहरुको सम्बन्ध टुट्यो । सन् १९८५ मा उनले मजहर खानसँग दोस्रो बिहे गरिन् । मजहरसँग बिहे गरेपछि पनि उनले शारीरिक/मानसिक पीडा भोगेको बताइन्छ ।

श्वेता तिवारीः टिभी अभिनेत्री श्वेता तिवारीले सन् १९८८ मा राजा चौधरीसँग बिहे गरिन् । २००७ मा सम्बन्धबिच्छेद भयो । श्वेताको भनाईमा राजाले उनलाई बारम्बार मारपिट गर्थे ।
कहिलेकाहिँ त रक्सी पिएर सुटिङ सेटमै पुग्थे ।


डिम्पी गांगुलीः डिम्पीले सन् २००९ मा राहुल महाजनसँग बिहे गरेकी हुन् । तर एक वर्षमै उनीहरुबीच तनाव सिर्जना भयो । राहुलले कुटेको भन्दै डिम्पीले घरै छोडिन् । केही समयमै राहुलले माफी मागेपछि उनी घर फर्किइन् । तर, पनि उनीहरुको सम्बन्धमा सुधार आएन र डिम्पीले सम्बन्धबिच्छेद लिइन् । डिम्पीले गत वर्ष एक इन्जिनियरसँग बिहे गरिन् ।

युक्ता मुखीः सन् १९९९ की मिस वल्र्ड युक्ता मुखीले सन् २००८ मा व्यवसायी प्रिन्स तुलीसँग बिहे गरिन् । एक छोरा जन्मिइसकेपछि युक्ता र तुलीबीच सन् २०१४ मा सम्बन्धबिच्छेद भयो । सम्बन्धबिच्छेदको एक वर्षअघि युक्ताले तुली र उनको परिवारविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी थिइन् । युक्ताको भनाईमा तुलीले उनलाई बारम्बार पिटिरहन्थे ।


रुचा गुजरातीः एकता कपुरको टिभी शो कुसुमबाट सानो पर्दामा चिनिएकी अभिनेत्री रुचाले आफ्ना पति तथा व्यवसायी मितुल सांघवीले आफूमाथि यातना दिएको आरोप लगाइसकेकी छिन् । रुचाको भनाईमा उनका श्रीमान्ले मात्र होइन ससुरालेसमेत उनलाई धेरैपटक पिटेका थिए । यतिसम्म कि कहिले त उनलाई खानासमेत दिँदैनथे । सन् २०१० मा बिहे गरेकी उनले तीन वर्षपछि मितुलसँगको सम्बन्ध तोडिन् ।




रती अग्नीहोत्रीः सन् २०१५ मार्चमा रति अग्नीहोत्रीले पति अनिल विरवानीविरुद्ध घरेलु हिंसाको आरोप लगाउँदै अदालतमा उजुरी दिएकी थिइन् । रतिको भनाईमा श्रीमान्ले उनलाई पिटेका थिए ।



सेतो पाटि बाट

- See more at: http://www.lightnepal.com/4154#sthash.XHiTXEc1.VdE93teb.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment