कांग्रेस महाधिवशेनमा अजय चौरसियाको यस्तो चर्चा ‘अवैध सुन तस्करीदेखि भारतीय दुतावसको पैसा बांडनेसम्म’ -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



राजेन्द्र महतोले पहाड र हिमालका जनताको दानापानी बन्द गर्ने भन्दै मधेशी मोर्चाको नेतृत्वमा नाकाबन्दी गरिरहदा नेपाली कांग्रेसका एक जना केन्द्रीय सदस्यले एक्यवद्धता जनाउदै नाकाबन्दी गर्न पुगेका थिए । जनताको दानापानी बन्द गर्न बीरगंज नाकामा बसेका नेपाली कांग्रेसका ती नेता केन्द्रीय सदस्य अजय चौरसिया हुन । जो १३ औ महाधिवेशनमा फेरी मेधीश कोटाबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार भएका छन ।



उनी ०४८ सालको आम निर्वाचनमा गजेन्द्र नारायण सिंहको सदभावना पार्टीबाट पर्सा क्षेत्र नं २ मा सासदको उम्मेदवार भएका थिए । ०५१ को आम चुनावमा कांग्रेसमा प्रवेश गरेर रामचन्द्र कुशवाहाको टिकट काट्न लगाएर टिकट हत्याएका थिए । उनका कारण कुशवाहाले पार्टी समेत परित्याग गरे । तर उनी तन कांग्रेसमा मन मधेशवादीमा राखेर नेपाली दाजु भाईको दानापानी नै बन्द गराउन नाकामा धर्ना कस्न पुग्यो ।

त्यती मात्र हैन सुशिल कोइरालालाई प्रधानमन्त्री बनाउने चुनावमा भारतीय दुतावासको पैसा बाँड्ने काम उनै चौरसियाले गरेको चर्चा पनि चल्न थालेको छ । हिमाल पहाड तराईका जनताको पार्टी भनेर कांग्रेसका नेताहरु फालेकेर नथाक्ने भएपनि हिमाल पहाडका दाजुचाईको दानापानी
बन्द गर्न कस्सिएका चौरसियालाई कांग्रेसको महाधिवेशनका प्रतिनिधिहरुले कस्तो पुरस्कार दिने हुन हेर्न वाँकी नै छ ।

सुनको अनधिकृत कारोवार र कांग्रेसमा बसेर हिमाल पहाडका कांग्रेसी सहित अन्य नेपाली जनताको दानापानी बन्द गर्ने राजेन्द्र महतो अभियानमा संलग्न भएका चौरसियाको राजनीति पनि मधेशीकै नाममा आज सम्म तरेको छ ।

पछिल्लो आम निर्वाचनमा उनकै यस्तै प्रवृतिले गर्दा कांग्रेस भित्रकै राम्रा मान्छेहरुको पंक्तिले असहयोग गरेका कारण उनी सम्बिधान सभाको निर्वाचनमा परास्त भएका थिए । कांग्रेसको सत्ता ,प्रधानमंत्री बहुमत भएको बेला जारी भएको सम्बिधानको बिरुद्धमा यो हाम्रो समिबधान हैना कांग्रेसले मधेशी जनतालाई धोखा दियो अमान ग¥यो भन्दै हिडेका चौरसिया पछिल्लो समयमा उनकै पार्टीका पूर्व सभासद सुनका कारोवारी ओमप्रकाश शर्मासंगको साझेदारीमा सुनको काममा संलग्न भएको स्रोतले दावी गरेको छ ।

सुनको अनधिकृत कारोवार र कांग्रेसमा बसेर हिमाल पहाडका कांग्रेसी सहित अन्य नेपाली जनताको दानापानी बन्द गर्ने राजेन्द्र महतो अभियानमा संलग्न भएका चौरसियाको राजनीति पनि मधेशीकै नाममा आज सम्म तरेको छ । साम्प्रदायीक सोचले गर्दा आफनै क्षेत्रका पहाडी मतदाताको बिश्वास समेत गुमाउदै आएका चौरसियाले दानापानी बन्दगर्ने चौरसियालाई सबै क्षेत्रका जनताको भलो चाहने कांग्रेस भित्रका प्रतिनिधिहरुले कसरी हे त्यो हेर्न भने निर्वाचन परिणाम कुर्नु पर्ने भएको छ ।

- See more at: http://www.lightnepal.com/4119#sthash.bkDACz8u.L0g0Q1vP.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment