पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न, उपाधि रसियनलाई -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस






विजय नेपाल

पोखरा, २२ फागुन- रसियाका ग्लेव सुखोत्सकीले १७ औं खुल्ला नेपाल प्याराग्लाईडिङ तथा प्रि–वल्र्ड कप प्रतियोगिताकोे उपाधि जितेका छन् । प्रतियोगितामा ९९ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि आफ्नो पोल्टामा पारेका छन् । १५ फागुनदेखि यहा
ँ सुरु प्रतियोगितामा टाक्सको आधारमा उनले ३ हजार ३ सय १४ अंक ल्याउँदै उपाधि जित्न सफल भएको आयोजकले जनाएको छ ।




उपविजेतामा भारतका अजय कुमार शर्मा घोषित भए । उनले यस अवधिमा ३ हजार २ सय ८५ अंक ल्याए । चीनका जुम्मिङ सन्ङ ३ हजार २ सय ४१ अंकसहित तेश्रो भए ।




महिला तर्फ कोरीयाकी युन हि कीम विजेता घोषित भइन् । रसियाकी ईम्गेनीया बेलोभाले २ हजार ३ सय ८ अंक ल्याउदै दोश्रो स्थानमा रहिन् । काजकीस्थानकी डिनारा अस्मानोभाले १ हजार २ सय ७९ अंक ल्याउदै तेश्रो स्थान हासिल गर्न सफल भईन ।




नेपाली प्याराग्लाइडिङ पाइलटको विधामा विशाल श्रेष्ठ प्रथम भएका छन । उनले ३ हजार ६३ अंक बटुल्दै प्रथम भएका हुन् ।




२ हजार ९ सय ४८ अंक ल्याएका कृष्ण सुनुवार दोश्रो र २ हजार ७ सय ८७ अंक जोडेका राजेश वंजन तेश्रो भए ।




अंक ग्लोवल पोजीजनीङ सिस्टम (जिपीएस) को आधारमा उनीहरुलाई तोकिएको दुरीको आधारमा कुन कुन क्षेत्रमा उनीहरु पुगे सोको आधारमा अंक दिइएको प्रतियोगिताका प्राविधिक संयोजक रविन गुरुङले बताए । १८ फागुनमा मौसम खराबीले प्याराग्लाइडिङ पाइलट फेवातालमा खस्न पुगेका थिए । तत्काल उद्दार हुँदा सम्भावित क्षति टरेको थियो ।




शनिबार साँझ विजेतालाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर प्रसाद कोइरालाले पुरस्कार वितरण गरे ।

- See more at: http://dcnepal.com/news/news.php?nid=197060#sthash.dFLz95gM.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment