कपिलले आफ्नो नयाँ कार्यक्रममा मोदीलाई निम्त्याउने

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस







डिसी नेपाल संवाददाता
- भारतका सुप्रसिद्ध व्यंग्यकार कपिल शर्माले आफ्नो कार्यक्रममा बलिउडका तमाम सेलिब्रिटीका साथै भारतिय खेलाडीलाई आफ्नो अतिथि बनाएका थिए।

अब सोनीमा सुरु हुन लागेको नयाँ कार्यक्रममा भने उनले भारतका प्रधानमन्त्री लगायतका राजनीतिज्ञहरुलाई अतिथि बनाउने ईच्छा राखेका छन्। उनी विशेष गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको कथा प्रेरणादायी भएको ठान्छन्।

‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई म आफ्नो नयाँ कार्यक्रम द किपल शर्मा सोमा निम्त्याउन चाहन्छु,’ उनले भने, ‘मैले केही समय अघि अमेरिकाको राष्ट्रपति बाराक ओबामालाई एलेनको सोमा गएको देखेको थिएँ। त्यो राम्रो पनि थियो। हाम्रो राजनीतिज्ञहरु पनि जनतासँग जोडिन यस्तो कार्यक्रमा आउनु पर्छ।’

कपिलका अनुसार यदि मोदी साँच्चीकै उनको सोमा आए उनीसँग राजनीति, पार्टीका बारे कुरा नगरेर कसरी मोदीले सानो सहरबाट प्रधानमन्त्रीको कुर्सीसम्मको यात्रा तय गरे त्यसका बारे कुरा गरिनेछ।
एजेन्सीको सहयोगमा

- See more at: http://dcnepal.com/news/news.php?nid=197032#sthash.ddrGJaoP.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment