उत्तर कोरियाका ३१ वटा कार्गो फिलिपिन्सको नियन्त्रणमा

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



संयुक्त राष्ट्रसंघ तथा युरोपेली युनियनको कडा आर्थिक प्रतिबन्धमा परेको उत्तर कोरियाका ३१ वटा मालबाहक पानी जहाज फिलिपिन्सले नियन्त्रणमा लिएको छ ।

राष्ट्रसंघ सुरक्षा परिषदको गत बुधबारको बैठकले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने सर्वसम्मतीले पारीत गरे लगत्तै फिलिपिन्स बन्दरगाहमा ती जहाज नियन्त्रणमा लिइएको हो ।

नियन्त्रित जहाज तथा तिनका सञ्चालकलाई राष्ट्रसंघका प्रतिनिधीले निरिक्षण गरेपछि मात्रै मुक्त गरिने फिलिपिन्सको विदेश मन्त्रालयले जनाएको छ ।

उत्तर कोरियाले राष्ट्रसंघको नियम उलंघन गरेकाले बन्दगाहबाट ती जहाज छाड्न नमिल्ने मन्त्रालयको भनाई छ ।

पछिल्लो समय उत्तर कोरियाले परमाणु काम काराहीमा गरेको बृद्धि तथा क्षेपयास्त्रको परिक्षणका कारण अन्तर्राष्ट्रिय समुदायबाट कडा प्रतिबन्ध खेपिरहेको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment