यस्तो छ कोकाकोलाको बास्तविकता

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

एजेन्सी , सफ्ट ड्रिंक संग जोडिएको एक खवरले अहिले संसारभर सनसनी मचाईरहेको छ । बेलायतका पुर्ब फार्मासिस्ट नीरज नाइकले ‘दी रेनिगेड फार्मासिस्ट’ नामको आफ्नो ब्लगमा कोल्ड ड्रिंक पिय पश्चात शरीरमा हुने प्रभाबको बारेमा लेखेका छन् । यस ब्लगमा उनले लेखेका छन् कि कोकाकोला पियको १ घन्टा पश्चात शरीरमा के-के हुन्छ भनेर । अहिले सोशल साइट्समा विश्वभर भाइरल भईरहेको छ ।



डेली मेलका अनुसार, नीरज नाइकले एक ग्राफिकको माध्यमबाट देखाएका छन् कि कसरी ड्रिंक्सले शरीर बाट जरुरी खनिज तत्वलाई बाहिर निकाल्छ र मानिस मानसिक वा शारीरिक रूपमा बदल्ने गर्दछ ।

पहिलो १० मिनेट -: जब तपाई कोकको एक क्यान पिउनुहुन्छ तब तपाइको शरीरमा दश चम्मच शुगर एकै साथ जान्छ । यो मात्रा २४ घन्टा शरीरलाई पुग्ने गर्दछ । अचानक यति धेरै गुलियोले तपाईलाई उल्टी (बान्ता )हुनसक्छ ।तर कोकमा मिलेको फस्फोरिक एसिडको कारण तपाईको बान्ता रोकिन्छ ।

२० मिनेट पश्चता -: कोक पियको २० मिनेट पश्चात पिउने मानिसको ब्लड शुगर अचानक बढ्ने गर्दछ ,जसको कारण शरीरमा इंसुलिन तेज मात्रामा निकलिने गर्दछ । शरीरको लिवर यसमा प्रतिक्रिया जनाउने गर्दछ र यसले शरिरको मोटाइ बदलिन लाग्ने गर्दछ ।

४० मिनेट पश्चता -: पिउने मानिसको शरीरमा कफिनको मात्रा हराएर जान्छ । अर्को तर्फ ब्लड प्रेशर बढ्न लाग्दछ । यस्तो भए पश्चात तपाइको लिवरले रगतमा सुगर पठाउन थाल्छ र मस्तिष्कमा रगतको कमी हुनथाल्छ ।

४५ मिनेट पश्चता -: यति समय पश्चात तपाइको शरीरमा हेरोइन (मादक पदार्थ) लिएको जस्तो लाग्न थाल्छ ।शरीरले डोपामाइनको उत्पादन बढ़ाउछ , जसको कारण दिमागमा खुशी बढ़ाउने भाग सक्रीय हुन्छ
६० मिनेट पश्चता -: पियको १ घण्टा पश्चात ३ प्रकिया हुन्छ -:

१ – फस्फोरिक एसिड तपाइको शरीरको तल्लो भागमा क्याल्शियम, म्याग्निशियम र जिंक जम्मा हुन्छ । यसले मेटाबोलिज्म बढ़ने गर्दछ ।सुगर र अन्य आर्टिफिशियल स्वीटनर्सको बढ़ी मात्राको कारण मेटाबोलिज्म अझै बढ्ने गर्दछ । त्यस पश्चात मानिस पिसाब गर्न जान्छ र पिसाबको मध्यबाट क्याल्शियम बाहिर जान्छ ।

२ – कफिनलाई तरल गर्ने गुणले आफ्ने असर देखाउन थाल्दछ र तपाई बारम्बार पिसाब फेर्न जानु हुन्छ ,जसको कारण तपाइको शरीरको हड्डिमा जानु पर्ने क्याल्शियम, म्याग्निशियम ,जिंक,सोडियम र पानी पिसाबको माध्यमबाट बाहिर जान्छ ।

३ – जसै यो प्रक्रिया हुन् थाल्छ ,गुलियोको आवश्यकता बढ़दछ । तपाई अल्छि र रिसाहा बन्नु हुन्छ । कोकमा भएको पानी पिसाबको मध्मबाट बाहिर आउछ ।कोक पिउनाले तपाइको शरीरको हड्डि र दात लाई आवश्यक खनिज शरीर बाट बाहिरीन्छ ।

- See more at: http://medianp.com/2015/08/63750.html#sthash.taY8CI5k.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment