निगमले आइतबारबाट नयाँ प्रणाली अनुसार इन्धन वितरण गर्ने -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



नेपाल आयल निगमले आइतबार बिहानदेखि पेट्रोल बिक्री गर्न पम्पहरुलाई निर्देशन दिएको छ । निगमले बिहानबाट साँझसम्म नै इन्धन उपलब्ध गराउने र त्यसका लागि पुग्दो मात्रामा इन्धन दिने तयारी गरेको छ । इन्धन वितरणमा कोटा प्रणाली खारेज गरेको भए पनि पेट्रोल पम्पका अगाडि लामा–लामा लाइन उस्तै रहेको भन्दै निगमले आइतबारबाट नयाँ प्रणाली लागू गर्ने भएको हो ।



निगमले राजधानीका कारबाहीमा परेका पेट्रोल पम्पबाहेक अरुलाई बिहान ७ बजेदेखि नै इन्धन बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
निगम प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले पम्पअगाडि लामा लाइन रहने र रातिको समयमा इन्धन वितरण गर्दा अनियमितता भयो भन्ने गुनासो पनि व्यापक रुपमा आएकाले बिहानबाटै उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिए ।

गृहमन्त्रालयको समन्वयपछि सुरक्षा निकायका पेट्रोल पम्प चौबीसै घन्टा सञ्चालन गरिनेभएको छ । उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पम्प सञ्चालनमा रहेका छन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतले इन्धन वितरणमा पारदर्शी प्रणाली अपनाउन निर्देशन दिएलगत्तै उपत्यकाका सुरक्षा निकायका पम्पबाट चौबीसै घन्टा उपलब्ध गराउने भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र आपूर्ति मन्त्रालयको निर्णयपछि निगमले गत साताबाट चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलमा लाग्दै आएको कोटा खारेज गरेको थियो । निर्देशनअघि मोटरसाइकललाई पाँच र चारपाङ्ग्रे सवारी साधनलाई १५ लिटर इन्धन उपलब्ध गराइँदै आएको थियो । निगमले मागअनुसार भारतबाट सहज मात्रामा इन्धन आयात नभएको जनाउँदै आएको छ ।

- See more at: http://www.lightnepal.com/4171#sthash.cqT8H6AT.vMbbE2Ow.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment