विपासा वसुसँग फिल्म खेल्दै सुनिल थापा

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


प्रियंका चोपडा स्टारर ‘मेरी कोम’ खेलेर बलिउडमा अभिनयका लागि तारिफ बटुलेका अभिनेता सुनिल थापा ‘राते काँइला’ अर्को एक बलिउड फिल्ममा अनुवन्धित भएका छन्। फिल्ममा उनी विपाशा बसुसँग देखिने छन्। ‘द गड मस्ट बि क्रेजी’को बलिउड रिमेक फिल्म ‘भाइ मस्ट बि क्रेजी’मा उनले अभिनय गर्न थालेका हुन्।
फिल्ममा विपाशा बसुसँगै बलिउड अभिनेता शाहिद कपुरका पिता पंकज कपुर, कमेडी नाइट्स विथ कपिल
फेमका सुनिल ग्रोभर (गुत्थी), विजय राज लगायतका कलाकारहरुको अभिनय रहनेछ। फिल्मका निर्देशक विनय शर्माले फेसबुकमा एक स्टाटस लेख्दै शर्माले सुनिल थापा फिल्ममा अनुवन्धित भएको जनाएका हुन्। विनय संजय दत्त अभिनित ‘जिला गाजियाबाद’का लेखक हुन्।
सुनिल थापाले आफू फिल्ममा एक खलनायकको भूमिकामा अभिनय गर्न लागेको बताए। फिल्मको पहिलो चरणको छाँयाकन नेपालको मुस्ताङ्बाट गरिदैं छ। त्यसका लागि फिल्म क्रुसँग सुनिल मुस्ताङ् जाँदैछन्।
फिल्मको मुख्य सुटिङ् स्थलका लागि पहिले नेपाल नै तय भएको भएपनि वैशाख १२ गएको भूकम्पका कारण फिल्मले आफ्नो लोकेशन थाइल्यान्ड स्थानातरण गरेको हो। छायाँकन टोलीले मुस्ताङ्का केहि दृश्यहरुलाइ स्लटका रुपमा खिच्ने छ। पछि भिएफएक्सबाट फिल्म प्रयोग गर्ने सुनिलले जानकारी दिएका छन्।
निर्देशक शर्माले स्टाटसमा अमिताभ बच्चनको ‘खुदा गवाह’को सुटिङ्स्थलमा छायाँकन हुने दोस्रो बलिउडफिल्म बन्न पाएकोमा आफू भाग्यमानी भएको उल्लेख गरेका छन्। फिल्मको छाँयाकंनका लागि विपासा नेपाल आएकी छैनन्। उनको सुटिङ् थाइल्यान्डमा मात्र हुनेछ। फिल्ममा उनी महिला प्रहरी अधिकारीको भूमिकामा छिन्।
सेतोपाटी बाट ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment