यस्ता छन् ‘ब्रासलेट’का गीतहरु (अडियो जुकवक्स)

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


काठमाण्डौ। केशब भट्टराईले निर्माण गरेको चलचित्र ‘ब्रासलेट’को अडियो जुकवक्स सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रको ब्रासलेटको जुकबक्समा ३ गीत समावेश छन् । जसमध्ये दुई गीतमा दिपक शर्माको संगीत रहेको छ भने एउटा गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ ।
दिपकले मेरो जीन्दगीमा र मै नाँचे बोलको गीतमा संगीत दिएका हुन् भने ताराप्रकाशले खै माया गरेको गीतमा संगीत दिएका हुन् । गीतहरुमा युवराज चौलागाई, दुर्गा परियार, पशुपति शर्मा, देवी घर्ती, राजेश पायल राई तथा प्रविशा अधिकारीको स्वर रहेको छ । चलचित्रमा रमेश उप्रेती, नम्रता सापकोटा, रजनी केसी, ऋतिक शाही, सुगम शर्मा, राजु बजाज, विनोद भट्टराई, सुनिता ठाकुरसहितको अभिनय रहेको छ ।
गीतमा ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत, गोविन्द राई र कविराज गहतराजको नृत्य निर्देशन, सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र शान्तिप्रियको गीत रहेको छ । यो चलचित्रलाई निर्मल शर्मा गैँडाले निर्देशन गरेका हुन् ।
जुकबक्स:

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment