जुन तस्वीरले संसारलाई रुवायो, त्यही तस्वीरमाथिको यस्तो निर्लज्ज आरोपले थामिएनन् आँसु

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


एजेन्सी । गत वर्ष समुद्रमा भएको डुंगा दुर्घटनामा परेर मारिएका ३ वर्षीय सिरियाली बालक एलन कुर्दीको शबले संसारलाई रुवायो ।समुद्रको किनारमा भेटिएको ती बालकको शब शरणार्थी संकटको दृश्य बनेको थियो । अहिले भने फ्रान्सेली पत्रिकाले उनीमाथि एक गम्भीर र निर्लज्ज आरोप लगाएको छ ।
फ्रान्सको चर्चित पत्रिका शार्ली एब्दोको एक कार्टुनमा उनलाई भावी बलात्कारीका रुपमा चित्रण गरिएको हो ।
किन भइरहेको छ बिरोध
शार्ली एब्दोले एलनको एक कार्टुन छापेको छ जसमा एलनलाई यस्तो व्यक्तिको रुपमा देखाइएको छ कि उनी एक महिलालाई पछ्याइरहेका छन् । सँगै भनिएको छ सानो एलन ठूलो भएपछि के बन्छ ? सामाजिक सञ्जालहरुमा यस कार्टुनको चर्को विरोध भइरहेपनि पत्रिकाले भने यसबारेमा बोल्न अस्वीकार गरेको छ ।
कार्टुन अमानवीय र अनैतिक
एलनका बाबु अब्दुल्ला कुर्दीले उक्त तस्वीर देखेर आफ्नो आँखाबाट आँसु थाम्न नसकेको बताएका छन् । उनले आफ्नो परिवार यसलाई देखेर आश्चर्यमा परेको पनि बताएका छन् ।
एक लिखित प्रतिक्रियामा उनले फ्रान्सेली व्यंग्य पत्रिका शार्ली एब्दोमा प्रकाशित यो कार्टुनलाई ‘अमानवीय र अनैतिक’ भएको उल्लेख गरेका छन् । उनले यसलाई युद्ध अपराध र आतंकवादी गतिविधि भन्दा पनि तल्लो स्तरको भएको टिप्पणी गरेका छन् ।
अब्दुल्लाका तीन वर्षीय छोरा एलनको शब टर्कीको एक समुद्री तटीय क्षेत्रमा भेटिएको थियो । बालुवामा मुख समेत गाडिएको उक्त तस्वीरले संसारलाई स्तब्ध बनाएको थियो । घटनामा एलनका चार वर्षीय दाजु र आमाको समेत ज्यान गएको थियो । साभार – नेपाल शन्देसबाट

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment