यी मानिस हुन् कि मूर्ति ? पढनुहोस एक बालकको दर्दनाक कथा | न उनको टाउकोमा रौंं छ न शरीरमा छाला ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


मानिस हुन् कि मूर्ति रु जन्मिँदा सुन्दर थिए, हुर्कंदै जाँदा कुरूप हुन थाले । न उनको टाउकोमा रौँ छ न शरीरमा छाला । झट्ट हेर्दा कलाकारले रंग भरेको चित्रजस्तो देखिने । अलि नियालेर हेर्दा मूर्तिझैँ लाग्ने । कतै–कतै आगोले जलेकोजस्तो देखिने । बाग्लुङ भीमगिठे–५ का ११ वर्षीय रमेश दर्जीलाई देख्ने जोकोही आश्चर्यमा पर्छन् भने छोराको यो अवस्था देखेर बाबुआमा चिन्तित रहेको छ ।




६ वर्ष पुगेपछि घस्रिनसमेत छाडे

बाग्लुङ भीमगिठे–५ का बाबु नन्दबहादुर र आमा नरकुमारी दर्जीको कोखबाट २०६१ मा जन्मिएका हुन् रमेश । सुरुमा उनी आफैँ हिँड्थे । चार वर्षको हुँदा केही दिन स्कुल पनि गए । तर, उमेर बढ्दै जाँदा न उनी स्कुल जान्छन् न वरपर हिँड्डुल नै गर्न सक्छन् । ‘६ वर्ष भएदेखि घस्रिन पनि छाड्यो,’ आमा नरकुमारीले भनिन्, ‘अहिले बोकेरै दिसा–पिसाब, भित्र–बाहिर गराउँदै आएका छौँ ।’ तर, छेउमा लगिदिए उनी आफैँ खाना खान सक्छन् ।



शरीरमा छाला र टाउकोमा रौँ छैन

शरीरमा छाला र टाउकोमा रौँ नभएका रमेश सहारा लिएर मात्र हिँड्डुल गर्छन् । दर्जी परिवारले रमेशको उपचारका लागि गाउँमा धामीझाँक्रीदेखि डाक्टरलाई समेत देखाइसकेको छ । तर, कसैले पनि निको पार्न सकेनन् । आर्थिक अवस्था कमजोर भएको दर्जी परिवार छोराको उपचारका लागि आर्थिक सहयोगको पर्खाइमा छ ।
छाला फेर्न डाक्टरको सुझाब रमेशको शरीरमा छाला नभएकाले शल्यक्रिया गरी छाला हाल्न चिकित्सकले दर्जी परिवारलाई सुझाब दिएका छन् । तर, कमजोर आर्थिक अवस्थाका कारण रमेशको उपचार गर्न परिवारले सकिरहेको छैन । ‘बाग्लुङ र बुटवलमा दुई–दुईपटक उपचारमा लग्यौँ, ऋण गरेको ५० हजारभन्दा बढी सकियो,’ बाबु नन्दबहादुरले भने, ‘डाक्टरले छालासम्बन्धी रोग हो, अप्रेसन गरी छाला फेर्नुपर्ने र त्यसका लागि ५–६ लाख लाग्ने बताएपछि भगवान् भरोसा भनेर फर्कियौँ ।’


बाबुमा पनि अपांगतारमेशका बाबु नन्दबहादुरमा पनि शारीरिक अपांगता छ । सामान्य हिँड्डुल गर्न सके पनि गाह्रो र मिहिनेत पर्ने काम गर्न सक्दैनन् । उनका चार छोरा छन् । रमेश माइला छोरा हुन् । जेठा छोरा सन्दीप कक्षा ६, साइँलो छोरा प्रदीप कक्षा १ मा र कान्छो छोरा दुई वर्षका छन् । रमेशबाहेक अन्य सबै सन्तान राम्रा छन् । दर्जी परिवार सुकुम्वासी जीवन बिताउँदै आएको छ । १२ वर्षअघि आफ्नै सानो सुर्कोमा बस्दै आएका उनीहरू अहिले सुकुम्वासी बस्तीमा छन् ।

- See more at: http://www.zoomnp.net/archives/21712#sthash.MPtIEVV7.M828tZIS.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment