बदाम बेच्ने यि मान बहादुरको कथा, जसले गाएको गीत सुनेर सबै बदाम बिक्छ (भिडियो) -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


काठमाण्डौ। मानिसमा प्रतिभा पनि अनौठा अनौठाका हुन्छन् । त्यस्तै एक अनौठो प्रतिभाका धनी हुन् मान बहादुर बस्नेत । उनी सम्पन्न परिवारका व्यक्ति होइनन उनी बिहान चियाको चुस्की लगाउँदै बदाम बेच्न काठमाडौंका कुना कुना चाहार्ने गरेका छन् । तर उनले गाएको गीतले भने सबै लठिन्छन् ।

बदाम वेचेर आफ्नो परिवार पाल्ने यि मान बहादुर आफ्नै शब्द ,स्वर, संगीतमा रहेका धेरै गित गाउदै वाटोमा हिड्ने गर्छ । अहिले उनले गाएको एक गीत सामाजिक सञ्जाल यूटुबमा राम्रै चर्चा बटुल्दै गएको छ । ‘गाएर हेर तिम्रो र मेरो धुन मिल्छ मिल्दैन, काटेर हेर तिम्रो र मेरो खुन मिल्छ मिल्दैन’ बोलको गीतले यति बेला मान बहादुरलाई चर्चित बनाइरहको छ । जनकपुरका स्थायि वासिन्दा मान बहादुर हाल आफ्नो सपरिवार सहित काठमाडौंको शान्तिनगरमा बस्छन । आफु सहित ३ जनाको परिवारलाई उनले बाटोमा गाँउदै बदाम तथा भुजा बेचेर पालेका छन् ।
धेरै जसो यिनका गीतमा देशमा भएको समसामयिक कुरा तथा जातजाति, बन्धुबान्धव र स्वाभिमानका मार्मिक भावहरु सुन्न सकिन्छ । उनी पायल्सका बिरामी पनि हुन र श्रीमती मानसिक रोगकी बिरामी छिन् तर पनि नी जिन्दगी देखी भने अहिलेसम्म उनले हार खाएका भने छैनन् । पायल्सको औषधी र श्रीमतीको उपचारसँगै उनले छोराको पढाइसमेत बदाम बेचेर गरिरहेका छन् । उनी गहभरी आँसु पार्दै भन्छन, “के गर्नु हजुर यहिँ व्यवसायले मेरो पायल्सको दवाइ खानु पर्छ अनि मानसिक रोगी श्रीमतिको उपचार गर्दै छोरा पनि हेर्नु पर्छ र पनि जीन्दगी चलिरहेछ” ।
यिनीसँग बदाम खाने जो कोहिले पनि यिनको गीत सुन्नकै लागि भए पनि पटक पटक बदाम खाएर उनको व्यवसायलाई सहयोग गर्ने गरेका छन् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment