‘दर्शने’ले निर्देशन गरे “कमेडी गाइज”

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस






काठमाण्डौ। नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’का पात्र ‘दर्शने’लाई नचिन्ने सायदै होलान् । दर्शनेको थेगो यतिबेला जति हिट छ त्यती नै हिट छन् ‘दर्शने’ अर्थात सुरेश थापा ।

‘मेरी बास्सै’मा झण्डै दुई महिना अघि देखि ‘दर्शने’ पात्रको रुपमा पर्दामा आईरहेका सुरेशले अभिनय गर्न थालेको भने झण्डैं ८ बर्ष भईसकेको छ । उनले यो अवधिमा विभिन्न नाटक, सानो पर्दा र ठुलो पर्दामा समेत काम गरेका छन् ।



मेकअप आर्टिस्ट देखि लिएर क्यामेरा पर्सन, कलाकार हुँदै निर्देशक सम्मको यात्रा गरेका सुरेशले आजसम्म लगभग ५० वटा म्युजिक भिडियो निर्देशन गरेका छन् । नेपाल टलिभिजनमा प्रसारण हुने मेरी बास्सै अहिले बन्द भएकोले उक्त सिरियलका चर्चित कलाकार दर्शनेले आफैंले नयाँ सिरियल निर्देशन गरेका छन् ।

“कमेडी गाइज” नामको उक्त नयाँ सिरियलमा धेरै जसो कलाकार मेरी बास्सैका स्थापित कलाकारहरु छन् । अनलाइएन च्यानल एन्.के.टिभीबाट प्रशारणमा आएको सो सिरियल ५२ भाग लगातार जाने बताइएको छ ।

भिडियो:

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment