झुटो विवरण राखी एमआरपी बनाउने पक्राउ

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

केन्द्रीय अनुसन्धान ब्युरोले झुटो विवरण राखी मेसिन रिडियवल पासपोर्ट (एमआरपी) बनाइ मोटो रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ। झुटो विवरण राखी एमआरपी बनाई मोटो रकम असुल्ने काभ्रे घर भई हाल सिनामङ्गल बस्ने ३९ वर्षीय रमेश भनिने रत्नप्रसाद पराजुली पक्राउ गरेको हो। यसअघि काल्छाङ छिरिङको ०८७५६९०४ नंको राहदानी बनाएको भन्दै मुस्ताङ घर भई हाल नागार्जुन नगरपालिका बस्दै आएका ४९ वर्षीय उत्तम गुरुङलाई पक्राउ गरिएको थियो। गुरुङले दिएको विवरणका आधारमा प्रहरीले खोजी गर्दा पुस १ गते काठमाडौँको सिनामङ्गलबाट मुख्य अभियुक्त पराजुलीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए। नागरिक न्यूज

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment