साइकल चढ्ने उद्घोष गरेको तीन महिनापछि प्रचण्ड साइकलमा सरर ! -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौं– भारतले नाकाबन्दी नहटाए साइकल चढेर हिँड्न तयार भएको उद्घोष गर्ने एमाओवादी अध्यक्ष प्रचण्ड लाजिम्पाटस्थित निवास परिसरमा साइकलमा चलाइरहेका भेटिए । विज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पावसानले दिएको साइकलमा प्रचण्ड सवार भएका हुन् । प्रचण्डलाई साइकल दिन पासवान लाजिम्पाटस्थित निवास पुगेको बताइएको छ । गत असोज ५ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूहरुले कसैको दवाव नझेल्ने भन्दै गाडी छाडेर साइकल चढ्न तयार भएको बताएका थिए । उनले भनेका थिए, ‘हामीलाई कसैले झुकाउने हो भने हामीले के गर्ने ? गाडी चढ्दै आएका हामी गाडी छाडेर साइकल चढ्न तयार हुने कि नहुने यो अहिलेको यक्ष प्रश्न हो ।’
AKD_1284 prachanda-cycle

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment