फागु’ले करिश्मालाई देला त साथ ?

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


काठमाण्डौ। अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको तेस्रो चलचित्र ‘फागु’ ७ फागुनबाट दर्शकमाझ आउँदैछ । यसअघि ‘ढुकढुकी’ र ‘बाबुसाहेब’ चलचित्र निर्माण गरेपनि सफलताको स्वाद चाख्न नसकेकी करिश्मा यस पटक भने सफलता हासिल गर्नेमा ढुक्क छिन् ।

केहि दन अगाडी सार्वजनिक गरिएको फस्ट लुक, प्रोमो र गीतले बारमा राम्रै हंगामा मचाइरहेको बेला करिश्माले चलचित्र ‘फागु’ दर्शकको रोजाईको चलचित्र बन्ने दाबी गरेकी छिन् । लज्जाबाट चलचित्रक्षेत्रमा डेब्यू गरेकी नायिका शिल्पा पोखरेल चलचित्रको मुख्य भमिकामा रहेकीछिन् । उनले चलचित्रमा एक मधेशी महिलाको भूमिकामा देखिएकी छिन् ।
चलचित्र ‘फागु’मा शिल्पाकोअलवा नवनायक सुवास पराजुली, राजेश हमाल, गौरी मल्ल, टीका पहारी, बसन्त भट्ट लगायतको अभिनय रहेको छ । सम्झना उप्रेती रौनियारले निर्देशन गरेको चलचित्र ‘फागु’ को विरगञ्ज र काठमाडौंमा छायांकन भएको हो । 

चलचित्रमा बसन्त सापकोटाको संगीत, रामशरण उप्रेतीको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रमा गोविन्द राईको नृत्य निर्देशन र वनिश शाहको सम्पादन छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment