भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, २१ पुष । सरकार समक्ष प्रस्तुत गरिएको ११ बुँदे मागका विषयमा छलफल अघि बढाउन भन्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
आइतबार भएको त्रिपक्षीय छलफलमा प्रमुख तीन दलले कार्यदल गठन गरि संघीयता लगायतका विषय सुल्झाउने प्रस्ताव गरेपछि मोर्चाले आफ्ना तर्फबाट तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को कार्यालय बिजुलीबजारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा वितरण गरिएको मोर्चा घटक तमलोपाका अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा मोचाले तीन सदस्यीय कार्यदल गठन गरेको उल्लेख छ । कार्यदलमा हृदयश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेश राय रहेका विज्ञप्तिमा उल्लेख छ । सो कार्यदलले सरकार तथा प्रमुख तीन दलसँग मोर्चाको मागका विषयमा छलफल गरी मुलुकलाई निकास दिने मोर्चाको अपेक्षा छ ।
पत्रकार सम्मेलनमा कार्यदल सदस्य तथा तमलोपाका सहअध्यक्ष त्रिपाठीले मोर्चाको मंगलबार बसेको बैठक उक्त तीन सदस्यीय कार्यदल गठन गरेको जानकारी दिए । उनका अनुसार सो कार्यदललाई मोर्चाले अघि सोरेको ११ बुँदे माग बारे तीन दलका तर्फबाट गठित कार्यदलसँग छलफल गर्ने जिम्मा दिइएको छ ।
कार्यदलमा मोर्चामा घटक राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी भने सहभागी छैन। सो विषयमा त्रिपाठीले प्रमुख तीन दलको कार्यदलमा तीन जना मात्र नेता रहेका कारण मोर्चाले पनि आफ्नो कार्यदलमा तीन जना नेता मात्र राखेको वताए । सोही पत्रकार सम्मेलनमा सद्भावनाका महासचिव मनिष सुमनले भौतिक रुपले उपस्थित नभएपनि कार्यदलले गर्ने काममा पार्टीको समर्थन रहने बताए ।
संघीय सीमांकन हेरफेरको मूख्य सहित ११ बुँदे माग राखेर मोर्चाले आन्दोलन जारी राखेको पाँच महिना पुग्न लागेको छ । मोर्चाको आन्दोलनलाई देखाएर भारतले नेपालमा अघोषित नाकाबन्दी जारी राखेको छ ।
पछिल्लो समय पर्साको वीरगञ्ज बाहेकका अन्य नाकाबाट बस्तु आयात भएपनि जनजीवन भने सामान्य हुन सकेको छैन । मोर्चाको सीमा अवरोध हटे वीरगञ्ज नाकाबाट इन्धन सहित अत्यावश्यकीय बस्तु पठाउन सकिने भन्दै भारतले मोर्चाको माग सम्बोधन गर्नका लागि संविधान संशोधन विधेयक अघि बढेकोमा स्वागत गरेको थियो ।
मोर्चाको माग सम्बोधन गर्न भन्दै प्रमुख तीन दलले मोर्चासँग कार्यदल गठन गर्ने प्रस्ताव गरेपछि मंगलबार मोर्चाले आफैंले कार्यदल गठन गरेको जानकारी दिएको हो । यस्तै मोर्चासँग वार्ता गर्न प्रमुख तीन दल बनाएको कार्य दलमा भने महेश आचार्य, भीम रावल र कृष्णवहादुर महरा रहेका छन् । यद्यपी भारतीय नाकाबन्दी कहिले खुल्छ भन्ने अझै एकिन भएको छैन ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment