भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
दुई सातासम्म भारतको मेदान्त अस्पतालमा उपचार गराएर राजधानी काठमाडौंमा फर्किएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई कालो झण्डा देखाइएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेर विमानस्थलबाट बाहिरीए लगत्तै कालोझण्डा देखाउनुका साथै चर्का नाराबाजी समेत गरेका छन् ।
११ पुसमा विराटनगरको जोगवनीमा भएको झडपमा महतो घाइते १७ पुसमा उपचारका लागि दिल्ली गएका थिए । उनले भारतमा रहदाँ राष्ट्रपति देखि गृहमन्त्रीसम्मलाई भेटेका छन् । मधेसी मोर्चाले गरेको आन्दोलनका कारण देशबासीको जनजिवन दुःखमय भएको भन्दै उनलाई कालोझण्डा देखाएको बताइएको छ
0 comments:
Post a Comment