दिल्ली र कानपुर रेल स्टेसन ध्वस्त पार्ने यस्तो छ योजना -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

आतंकित पार्ने घटना सार्वजनिक हुँदै आएको छ । पछिल्लो समय फेरि एक हावादारी गफले अहिले भारतको राजधानी दिल्ली र कानपुर रेल स्टेशन वरपर निकै तनाव भएको छ । छुट्टै स्लामिक राज्यको माग गर्दै सशस्त्र आन्दोलनरत अतिवादी संगठन स्लामिक स्टेट (आइइस)ले ७२ घण्टा भित्र राजधानी दिल्ली र कानपुर रेल स्टेसन ध्वस्त पार्ने धम्की दिएपछि ती क्षेत्र मात्र होइन भारतभरी नै निकै हलचल मच्चिएको समाचार सार्वजनिक भएको छ । समाचार अनुसार यी दुई स्थानको बाहेक त्यो समूहले विभिन्न शहरहरुमा पनि आक्रमणको धम्की दिएको छ । विश्वकै शक्तिशाली आतंकवादी संगठनका रुपमा देखिएको आईएसले दिएको धम्कीलाई लिएर भारतीय मिडियाले उच्च प्राथमिकताका साथ समाचार लेखेका छन् । आईएसको धम्कीपछि रेल्वे सुरक्षा बलले दिल्ली एनसीआर समेत सबै आरपीएफ पोस्टलाई अलर्ट गरेको छ भने सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । आइएसले क्रिसमस मनाइएका स्थानहरुमा हमला हुनसक्ने धम्की पटक पटक दिदै आएको छ । उस्ले क्रिसमस मनाउनेलाई छानेर कारबाही गर्ने बताएको आइएसको निरन्तरको धम्की पश्चात् भारतीय रेल अधिकारिहरुले आरपीएफलाई रेल्वे स्टेशनमा कडा चेकजाँच गर्न निर्देशन दिएका छन् । आरपीएफले रेलवे स्टेसनमा कडा चेकजाँच सुरु भएको छ । आइएसको धम्कीपछि कानपुर र दिल्लीका स्थानीयले रेल चड्न छाडेका छन् । एजेन्सी - See more at: http://www.zoomnp.net/archives/19671#sthash.Bbhx99A7.sEodkdSU.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment