भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
बारा, १० पुस – वीरगञ्ज कलैया सडक–खण्डमा मधेसी दलका कार्यकर्ताले एउटा ट्रकमा आगजनी गरेका छन्।बिहीबार राति कलैयाबाट वीरगञ्जका लागि छुटेको ना ३ ख ८९४ नम्बरको खाली ट्रकमा मधेसी मोर्चाका कायकर्ताले बहुअरी चोकमा रोकेर आगो लगाएका हुन्। आगजनीबाट ट्रकको अगाडिको भागमा क्षति पुगेको छ। ट्रकमा लागेको आगो गण्डक प्रहरी चौकीका सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निभएका थिए।प्रहरीको टोली समयमै पगेर आगो निभाएकाले ट्रकमा बढी क्षति नभएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ। ट्रकमा आगो लगाउनेहरुको खोजी भइरहेको बाराका प्रहरीले जनाएको छ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
0 comments:
Post a Comment