भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![](http://2.bp.blogspot.com/-oXW_eOPrKHA/VN1YOwh7ByI/AAAAAAAAMrQ/p4vAoACugNs/s1600/VideoBar.png) |
मधेसमा आगो दन्काएर राजधानीमा सेकुवा र भोड्काले ज्यान तताउदै धेसी मोर्चाका नेताहरु !
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiT6a3kP85r0r-brUaeVDAWDP-Fbl6HcjwALbmulxQQt2uBzXrGpU_CHRN8LHaluNIQpj2NgzntLIVqLMruhZtEj3EMRdJCuCg5tuQyoM5szxdFDtPpazqYfY92oyBEewl5A2CKZXBBybHM/s320/8.PNG)
तराईमा शीतलहरले आन्दोलनकारी र जनताले ज्यान गुमाउँदै गरेको बेला राजधानीमा भने मधेस आन्दोलनका नेता सम्साँझै भोड्का र सेकुवाको परिकारले ज्यान तताईरहेका छन् । मधेसका माग र आन्दोलनबारे परराष्ट्र मन्त्रालयमा छलफल लगत्तै मेधसी नेता मंगलबार साँझ राजधानीको चलेको एउटा सेकुवा कर्नरमा पुगे । भोड्का र सेकुवाबाट सुरु गरेका उनीहरुको जिउ तताउने क्रम थप भोड्काका बोतल र त्यहा पाइने स्वादिष्ट परिकारसम्म पुगेर टुंगियो । अनामनगरको हनुमानमन्दिर छेउ रहेको भेटघाट चितवन तासघरमा राजधानीका अग्ला घरमा घाम देखिँदै गर्दा छिरेका उनीहरु सात बजेमात्र बाहिरिए । दिउँसो ४ बजे परराष्ट्रमा पुगेका उनीहरु पँच बजे त्यहाँबाट सोझै सेकुकवा कर्नरमा पुगेका हुन् । उनीहरुको पहिलो अर्डर नै सेकुवा र फुल भोड्काको बोतल थियो । मधेसी मोर्चाका तर्फबाट वार्ताका लागि परराष्ट्रमा पुगेका लक्ष्मणलाल कर्ण, सर्वेन्द्रथान शुक्ला, लालबाबु राउत, महेन्द्रराय यादवको पार्टीका वरिष्ठ उपाध्यक्ष रामनरेश यादव र सद्भावना महासचिव मनीष सुमन सेकुवा कर्नरमा पुगेका हुन् ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
0 comments:
Post a Comment