लौ न के–के देख्नु पर्यो भट्टराईको नयाँ शक्तिमा

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


काठमाडौँ, १ माघ ।

नयाँ शक्तिको नाममा गैर माक्र्सवादी र पुँजीवादलाई प्रेरित गर्ने दल बनाउने अभियानमा लागेका डा. बाबुराम भट्टराईलाई साथ दिँदै आएकैहरुको बीचमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण थप समस्या पैदा भएको छ
एमाओवादीमा नै रहेका केही नेता तथा कार्यकर्ता तानेर नयाँ शक्तिको नाममा भजन मण्डली खडा गरेका डा. भट्टराई हरेक मोर्चामा असफल हुँदै गएका छन् । मोहनविक्रम सिंहले जिल्ला समितिभन्दा माथि लान नहुने वचन त्यसै दिएका होइन रहेछन् । आजकलको उनको गतिविधि देख्दा त्यस्तै देखिन्छ । आफैंले खाएको थालमा थुक्ने र प्वाल पार्ने काममा उनी उद्यत रहेको भन्दै नयाँ शक्तिमा नै लाग्ने भनेर तयारी गरिरहेका समेत पुनः पूर्व घरमा नै फर्किएका छन् ।

सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकै भरमा राजनीतिक शक्ति बन्न नसक्ने र त्यो केवल नक्कली र बनावटी हुन्छ भन्ने समेत थाहा नपाएका भट्टराई आफ्नै कारणले त समस्या परेका छन् नै त्योभन्दा बढी समस्या उनकै आफ्ना र नजिकका भनिएकाबाट परेको छ ।

हिसिला यमीले खाडी भ्रमणमा देखाएको प्रवृत्ति र संगठन विभाग प्रमुख बनाइएका देवेन्द्र पौडेलका कारण भट्टराई समस्यामा परेका छन् । नयाँ शक्तिका खम्बा भन्दै आफूलाई प्रचार गराएर हिँडेका जनक शाह, खिमलाल देवकोटा र मुक्ति प्रधानबीच मारामार देखिएको छ । शाह, देवकोटा र प्रधानबीच तँ ठूलो कि म ठूलो भन्ने विवाद बढ्दै गएको छ । प्रधान सो दौडमा अलिक पछाडि भएपनि शाह र देवकोटाले भने एकले अर्कोलाई स्वीकार नगर्ने र एकले अर्कोलाई नटेर्ने स्थिति पैदा भएको छ ।

उनीहरुले पालैपालो डा. भट्टराईलाई पोल लगाउने गरेका छन् । जनक शाह राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन् । काम भन्दा कुराको भारी भन्दै एमाओवादीकै कार्यकर्ताले उनको आलोचना गर्ने गरेका थिए । देवकोटा वुद्धिजीवी संगठनको अध्यक्ष भएको भए पनि वुद्धिजीवीको क्षेत्रमा वरको सिन्को पर नसारेको बताइन्छ । जनयुद्धकालमा पनि राम्रोसँग काम नगरेको आरोप उनीमाथि लागेको थियो । पूर्व महान्यायाधिवक्ता प्रधान कोही कसैलाई टेर पुच्छर लगाउँदैनन् ।

डा. भट्टराईले आफूलाई नगनेको र देवकोटाको मात्रै कुरा सुनेको भन्दै शाह आफूले एमाओवादी नछाडेको भन्दै लाजिम्पाट समेत पुगेका थिए । राष्ट्रिय योजना आयोगको सदस्य पाइन्छ कि भन्दै ¥याल काढेका थिए । तर, त्यो पद पनि नपाएपछि शाह ‘अब के गर्ने लौन’ भन्दै कहिले सानेपा र कहिले लाजिम्पाट दौडेर बसिरहेका छन् । देवकोटालाई भने डा।भट्टराईले धाप दिएका कारण ‘नयाँ शक्ति नै सबै हो’ भन्दै अनलाइनतिर लेख लेखेर बस्न थालेका छन् । प्रधानको लाइन भने हालसम्म पनि खुल्न सकेको छैन । जनआह्वान साप्ताहिकमा समाचार छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment