प्रचण्डको यस्तो खुलासा ‘भारतले मधेसमा सिक्किम, इष्ट पाकिस्तान वा क्रिमियामध्ये कुनै एक मोडलमा लैजान खोज्दै छ’ -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस






काठमाडौँ, २१ पुस । समय समयमा आवेगमा आएर एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मुलुक भारतलाई गाली गरिरहन्छ । कुनै समयमा त उनी दिनभर गाली गर्छन बेलुका माफी माग्छन् । पछिल्लो समयमा उनको यस्तै आलोचीत भनाई सार्वजनिक भएको छ । उनको पछिल्लो अभिव्यक्ति हो ‘भारत नेपालको केही भूभाग खोस्न राजनीतिक र फौजी दुवै रणनीतिका साथ अघि बढेको छ’ ।
मंगलबार लाजिम्पाटस्थित नीजि निवासमा सञ्चारकर्मीहरुसग कुरा गर्दै भारतले उपेन्द्र यादव र महन्थ ठाकुरलाई ‘पोलिटिकल विङ’ र सिके राउत र जयकृष्ण गोइतलाई ‘मिलिटरी विङ’ का रुपमा प्रयोग गरेको खुलासा गरे ।
भारतले मधेसमा सिक्किम, इष्ट पाकिस्तान वा क्रिमियामध्ये कुनै एक मोडल अपनाउन खोजेको उनको आरोप थियो । उनले भने ‘भारत मधेसका आठ जिल्लालाई सिक्किम, इष्ट पाकिस्तान वा क्रिमिया बनाउने रणनीतिका साथ आएको छ, ‘पोलिटिकल विङ’ का रुपमा महन्थ र उपेन्द्रलाई अनि मिलिटरी विङका रुपमा सिके राउत र गोइतलाई प्रयोग गरिरहेको छ ।’
मधेसको नेतृत्व लामो समयदेखि कम्युनिष्ट शक्तिले गर्दै आएकामा त्यसबाट खोसेर सामान्त र दलाल वर्गको हातमा नेतृत्व लैजाने भारतीय द्येय रहेको उनले बताए । प्रचण्डले नेपालमा नाकाबन्दी गरेर भारतले संसारभर बदनामी कमाएकाले संविधान संशोधन भएलगत्तै नाकाबन्दी खुल्ने उल्लेख गरे ।
नेपालमा नाकाबन्दी लगाएका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक ग्राफ बाहिर मात्र नभएर भारतमा समेत झरेको उनको भनाइ छ । ‘नाकाबन्दी नखुल्दा हामीलाई दुःख त भएको छ’, उनले भने, ‘तर भारतको संसारभर बदनामी भएको छ, मोदीको ग्राफ निकै तल झरेको छ ।’ उनले थपे यसले उनलाई निकै समस्या पार्ने छ ।

- See more at: http://www.zoomnp.net/archives/20375#sthash.mNLVh1hd.4dgEf4EA.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment