मधेसी मोर्चामा चर्को विवाद, राजेन्द्र महतोको पार्टीले गर्‍यो छुट्टै आन्दोलनको घोषणा

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद देखिएको छ । लामो समयदेखि मधेसीको अधिकारको लागि भन्दै तराई मधेसमा जारी आन्दोलन निश्कर्षमा नपुग्दै मोर्चामा तीब्र विवाद देखिएको हो । विवादकै कारण राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले छुट्टै आन्दोलनको घोषणा गरेको छ । सद्भावनाले एक पत्रकार सम्मेलनको आयोजना गरि छुट्टै आन्दोलनको घोषणा गरेको हो ।




मधेसी मोर्चाले भोलि बैठक बसेर थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको एक दिनपहिले नै सद्भावना पार्टीले छुट्टै आन्दोलन घोषणा गर्दै मोर्चाभित्रको विवादलाई पुष्ट्याई गरिदिएको हो । तर, सद्भावना पार्टीका महासचिव मनिष सुमनले मोर्चाभित्र कुनै विवाद नरहेको दाबी गर्दै मोर्चाको कार्यक्रम पनि यथावत रहेको बताए ।

सद्भावनाले पुस १९ गतेदेखि पुस २७ गतेसम्मको लागि घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार पुस १९ गते शहिदको आत्माको शान्तिको लागि प्रार्थनासभा गर्ने, पुस २० गते १२ बजेदेखि १ बजेसम्म मौन ब्रत बस्ने, २१ गते भित्तेलेखन गर्ने, २२ गते मधेसमा भएको दमनको विरोधमा मोटरसाइकल, साइकल, रिक्सा ठेलामा अनिवार्य कालोझण्डा राखेर सञ्चालनमा ल्याउने तथा कालोपट्टी बाध्ने कार्यक्रम रहेको छ ।
यसैगरि पुस २३ गते मधेसका प्रत्येक घरमा अनिवार्य रुपमा मैनवत्ती र दियो जलाउने पनि सद्भावनाको कार्यक्रममा उल्लेख छ ।
यसैगरि पुस २४ देखि २७ सम्म सामाजिक सञ्जालमार्फत मधेस आन्दोलनबारे अभियान चलाउने, हस्ताक्षर अभियान चलाउनेलगायतका कार्यक्रम तय भएको सद्भावना पार्टीले जनाएको छ ।

सद्भावनाले छुट्टै आन्दोलनको कार्यक्रम घोषणा गरेपनि पार्टी अध्यक्ष राजेन्द्र महतो भने उपचारको सिलसिलमा भारतमा रहेका छन् ।





- See more at: http://www.zoomnp.net/archives/20150#sthash.uSSXxPIy.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment