आइतबार मधेसी मोर्चासँग सहमति हुन्छ: प्रचण्ड- एक नम्बर प्रदेशको प्रशिक्षणका लागि प्रचण्ड इटहरीमा

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


१८ पुस, बिराटनगर । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा जारी समस्याले आइतबार निकास पाउने दाबी गरेका छन् ।
सुनसरीको इटहरीमा शनिबार आयोजना गरिएको १ नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी हुन बिराटनगर विमानस्थलमा ओर्लिएका प्रचण्डले भोलि व्यवस्थपिका संसदको बैठक बस्नुअघि नै मोर्चासंग मधेस समस्यालाई हल गर्ने कुरामा एक प्रकारको सहमति हुने बताए ।
मधेसी मोर्चासँगको औपचारिक तथा अनौपचारिक छलफल सहमति नजिक पुगेकाले मधेस समस्याले निकास पाउने प्रचण्डले बताए ।
माओवादी पार्टीले मोर्चालाई सहमतिमा ल्याउन पुलको काम गरेको भन्दै अध्यक्ष प्रचण्डले समावेशी समानुपातिक पद्दति, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्माण लगायतका विषयमा मोर्चा सहमति नजिक रहेको जानकारी दिए ।
अहिले मूलभुत रुपमा प्रदेशको सीमाङनकनका विषयमा प्रतिपक्ष नेपाली काग्रेस र सरकारको नेतृत्व गरेको नेकपा एमालेवीच मतभिन्नता देखिँदै आएको छ । तर, यो कुरामा पनि उनीहरुवीच पछिल्लो समय एकरुपता देखिँदै गएकाले समस्या हल गर्ने कुरा सहमति नजिक पुगेको प्रचण्डले जानकारी दिए ।
प्रचण्डले प्रदेशको सीमाङ्नकनको विषयमा उच्चस्तरीय राजनीतिक सयन्त्र निर्माण गरी आयोगमार्फत तीन महिनाभित्र राजनीतिक सहमतिका आधारमा काम गर्न सकिने जानकारी दिए ।

- See more at: http://www.zoomnp.net/archives/20126#sthash.fN3rX7Ya.njR5QOxy.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment