ज्योतिलाई भिषा नदिएपछि बेलायतमा इन्दिराको ‘गोर्खा कल्चरल नाइट’

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


अंग्रेजी नयाँवर्षको अवसर पारेर बेलायतका १० स्थानमा बृहत ‘गोर्खा कल्चरल नाइट’को आयोजना हुने भएको छ । कार्यक्रममा नेपालबाट गायिका इन्दिरा जोशी, लोकगायिका सुनिता दुलाल, नृत्य निर्देशक गोविन्द राई बेलायत गएका छन् ।

कलाकारहरुले पहिलो प्रस्तुति २ जनवरीमा फार्नबोरो ओकफार्म कम्युनिटी हलमा दिने भएका छन् । नेपालका विभिन्न क्षेत्रलाई सहयोग पुर्‍याउने उदेश्यले ब्रिटिस गोर्खा नेपाली परिषदले कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि विशेष प्रस्तुति रहने छ । कार्यक्रममार्फत बेलायतमा संकलन गरिएको रकम नेपाली संगीत, साहित्य, कलाकारिता, खेलकुद, पत्रकारिता साथै विपन्न वर्गको उत्थानका लागि खर्च गरिने छ ।

१० स्थानमा हुन लागेको कार्यक्रम एक महिनाभित्र सकिने छ । लोकगायिका ज्योति मगरको भिसा अस्वीकृत भएपछि जोशी, दुलाल र राई मात्र बेलायत गएका हुन् । ‘बेलायतमा रहेका दर्जनौं संघ–संस्थाले गर्न नसकेको यस्तो भव्य कार्यक्रम गर्न पाएकोमा आफूहरु उत्साहित भएको’ परिषदका अध्यक्ष एकराज नेम्वाङले बताए । - 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment