‘दिलवाले’ का वितरकहरु ठुलो घाटामा, नेपालमा पनि चलेन राम्रो -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


बलीउडस्टार शाहरुख खान अभिनित चलचित्र ‘दिलवाले’ले राम्रो व्यापार गर्छ भन्नेमा धेरै विश्वस्त थिए । शाहरुख खानका फ्यानहरुले अहिलेसम्म उनका अधिकाशं चलचित्रहरु सफल बनाइरहेको अवस्थामा दिलवालेले भने धोका दिएका छ ।

चलचित्र दिलवालेले सोचे अनुरुपको व्यापार नगरेपछि चलचित्रका वितरकहरुले ठुलो नोक्सानी व्यहोर्नु परेको छ । १८ डिसेम्बरमा रिलिज भएको चलचित्रले १२ दिनको अवधिमा भारतभरबाट १३० करोड भारुको कारोबार गरेको थियो । यो व्यापार १४५ देखी १५० करोड भारूमा पुगेर सकिने अनुमान छ । ’दिलवाले’को यो कमाइले शाहरुख खानलाई कुनै घाटा नभएपनि वितरकहरु भने घाटामा जाने निश्चित छ ।

’दिलवाले’ले भारतमा २२५-२५० करोड भारू कमाउने पूर्व अनुमान गरिएको थियो । त्यसैले चलचित्र पनि महंगोमा विक्री भयो । तर, चलचित्रले अनुमान विपरितको व्यापार गरेपछि फिल्म वितरकहरु घाटामा गएका छन् । नेपालमा पनि दर्शना आटर्सले २ करोड हाल्दै दिलवालेलाई नेपाल भित्राएको थियो तर खबरका अनुसार यो चलचित्रले नेपालमा पनि सोचेअनुरुपको व्यापार गर्न सकेन ।



एक भारतीय संचारमाध्यमले जनाए अनुसार दिल्ली-पञ्जाब वितरकले ४० करोडमा चलचित्र वितरण अधिकार किनेकोमा उनीहरुलाई ३५५ % घाटा हुनेछ भने ८.२५ करोड भारुमा बिकेको राजस्थान राईटमा नोक्सानदर ४०५ % रहेको छ। त्यसैगरी मैसुरले २०५% घाटा हुँदा निजामको घाटा २५५ % हुने बताइएको छ । पूर्वी क्षेत्र अन्तरगत पर्ने बंगाल, बिहार र उडिसामा भने चलचित्रले राम्रो व्यापार गरेको छ जसका कारण यस क्षेत्रका वितरक सुरक्षित हुनेछन् ।

- See more at: http://www.zoomnp.net/archives/20131#sthash.Xx6oNsaY.sL51RbQj.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment