भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


काठमाडौं, पुस ११ । सत् साहिब सेवा समितिले भारतको हरियाणा राज्यमा बन्दी बनाइएका नेपाली तीर्थयात्रीहरु रिहाइको माग गरेको छ ।
राजधानीमा आयोजित अन्तक्र्रियामा समितिले बन्दि बनाइएका नेपाली तीर्थयात्रीका सबै अभियोग फिर्ता गरी निःशर्त स्वदेश फिर्ता गर्न माग गरेको हो ।
भारतको हरियाणास्थित सत्लोक आश्रममा गत १३ नोभेम्बरमा हरियाण सरकारले कार्वाहीका क्रममा ९ सय ४० अनुयायीलाई पक्राउ गरेको थियो ।
जसमध्ये २४ नेपाली श्रद्धालुलाई हिसार जेलमा बन्दी बनाइएको थियो । समितिले मानव अधिकार आयोगलगायत संयुक्त राष्ट्र संघका निकायलाई अन्तर्राष्ट्रियकरण गरी दबाब सिर्जना गर्न आग्रह गरेको छ ।
कार्यक्रममा मानव अधिकारकर्मी महमुनि आचार्यले घटनाबारे भारतस्थित नेपाली दूतावास तथा नेपाल सरकारलाइ रिहाइका लागि दबाब दिने तथा घटनालाई अन्तराष्ट्रियकरण गरिने बताए ।
Capture
- See more at: http://www.zoomnp.net/archives/19710#sthash.YlLsiYXx.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment