धर्नामा बसेका मोर्चाका कार्यकर्तामाथि भारतीय नागरिकले गरे आक्रमण, मितेरीपुलमा दुई घण्टा तनाव -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


वीरगञ्ज, ९ पुस । नेपाल भारतको सिमामा रहेको मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई भारतीय नागरिकहरूले आक्रमण गरेका छन् ।
लामो समयदेखि मितेरीपुलमा अबरोध सृजना गर्दै आएका मधेसी मोर्चाका कार्यकर्तालाई भारतीय नागरिकहरूले हटाएर र नाका खोल्ने प्रयास गरेका छन् ।
बुधबार राति करिब साढे नौ बजे मितेरी पुलमा धर्नामा बसेका १०÷१५ जना मधेसी मोर्चाका आन्दोलनकारीलाई सीमापारी रक्सौलबाट आएका भारतीय नागरिकहरूले आक्रमण गरेको जनाएको छ ।
प्रहरी स्रोतका अनुसार भारतीय सीमानाका व्यापारी र स्थानीयले मधेसी मोर्चाको नाकाबन्दी र मितेरीपुलको अबरोधले नेपाल–भारतवीचको व्यापारमा समस्या परेको भन्दै आक्रमण गरेका हुन् ।
मधेसी मोर्चाले मितेरपुलमा बाँधेर राखेको बाँस भारतीय नागरिकहरूले हटाएर फाल्न खोजेपछि धर्नाकारीले ‘जय मधेस, जय मधेस’ भन्दै नारावाजी गरेका हुन् । भारतीय नागरिकहरूले मितेरीपुलमा धर्नामा बस्न नपाइनेभन्दै मधेसी मोर्चाका कार्यकर्तालाई भौतिक आक्रमणको प्रयाससमेत गरेका थिए ।
भारतीय नागरिकहरूको आक्रमण प्रयासपछि झण्डै दुई घण्टा मितेरीपुलमा तनाव उत्पन्न भएको थियो । मितेरीपुलमा एकसय बढी भारतीय नागरिक आएर अबरोध हटाउन खोजेको बताईएको छ ।
रक्सौलबाट टाँगा, ठेला र रिक्सामा भारतीय नागरिकहरू आएको प्रत्यक्षदर्शीको भनाइ छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment