सुत्केरी हुन गाह्रो भएपछि हात हालेर बच्चा झिक्न खोजेपछि यस्तो हालत भयो यी महिलाको -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस






जाजरकोट, ९ पुस-
पाठेघरमा असर परेपछि दिमागको सन्तुलन गुमाएर लहँ–८ लबिसाकी एक महिला जङ्गलको ओडारमै बास बस्न थालेको पाँच वर्ष बितिसकेको छ ।

ती महिला कालिका खड्का २०५५ सालमा गर्भवती भएपछि बच्चा जन्माउन नसक्दा गाउँघरकै सुँडेनीले हात हालेर बच्चा झिक्न खोज्दा उनको पाठेघर फुटेको स्थानीय जानकारहरु बताउँछन् ।


समयमै उपचार पाउन नसकेपछि शारीरिक अवस्था बिग्रँदै गई कालिकाले मानसिक सन्तुलन गुमाएको स्थानीयवासी प्रतिभा खड्काले बताउनुभयो । उनले पिसाब एक सेकेन्ड पनि रोक्न सक्दिनन्, जतिबेला पनि उनको पिसाब बगिरहन्छ ।
अचेत अवस्थामै बोल्ने कालिकाले आफूलाई सबैभन्दा बढी टाउकोमा असर परेको छ भन्नुहुन्छ । उचित उपचार पाउन नसकेकी कालिकाले मानसिक सन्तुलन गुमाएर ओडारमा बास बस्ने गरेपनि २०६७ सालसम्म घरमै बस्ने गरेको स्थानीयवासी वीरबहादुर खड्काको भनाइ छ । विगत पाँच वर्षदेखि मात्र कालिकाले आफ्नो घर छोडेर लहँ–६ खाराको जङ्गलमा रहेको एक ओडारमा बास बसिरहनुभएको छ ।
बाह्रै महिना ओडारमै बास बसिरहेकी खड्काले आगोको मात्र सहारा लिने गरिरहेकी लहँ–६ का अमर वलीको भनाइ छ । हेर्दा जीवनको कठिनपूर्ण संघर्षवाट प्रकृतिलाई नै जितिसकेकी जस्तो देखिने कालिकाको साथमा एउटा हँसिया मात्र छ । त्यही हँसियाले जङ्गलमा दाउरा बनाउने र काट्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
उमेरले ४० वर्ष पुगेकी कालिकाको परिवार पनि उपचार गर्नसक्ने अवस्थामा छैन । उनले अझै पनि उपचार पाउन सके मानसिक तथा शारीरिक दुबै हिसाबले सञ्चो हुनसक्ने धेरैले अनुमान गर्दै आएका छन् ।
कालिकाका श्रीमान् मक्करबहादुर खड्का भने उनलाई वास्तै नगरी अर्को विवाह गरेर लहँकै कालिमाटीमा बस्दै आएका छन् ।
- See more at: http://www.zoomnp.net/archives/19615#sthash.gu06rUn8.1hLN6S8c.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment