जहाँ गरिबले धनीको बस्तीमा जान पाउँदैनन्

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



एजेन्सी : कुनै बेला दुई राष्ट्र रहेको अहिलेको एकीकृत जर्मनी छुट्याउन बर्लिनमा पर्खाल बनाइएको थियो । जुन पर्खालले पश्चिम जर्मनी र पूर्वी जर्मनीलाई अलग गरेको थियो ।

अहिले अमेरिकी देशमा पेरूमा एउटा यस्तो पर्खाल बनाइएको छ, जसले धनी र गरिबको बस्तीलाई छुट्याउँछ ।



यो पर्खाललाई अन्तर्राषट्रिय सञ्चारमाध्यमले ‘लाजमर्दो पर्खाल’ को संज्ञा दिएका छन् । यस पर्खाललाई लिएर विरोध पनि शुरु भएको छ । कयौं मानिसले यस पर्खालविरुद्ध आन्दोलन पनि थालेका छन् ।
१० फिट अग्लो यस पर्खालमाथि तारले पनि घेरिएको छ । मानिसहरु यस पर्खाललाई ‘पेरूको बर्लिनको पर्खाल’ पनि भन्ने गर्छन् ।

समाचार अनुसार पेरूको राजधानी लिमानजिकै यस पर्खाललाई यसकारण बनाइयो कि गरिब मानिसहरुले धनीको घरमा पसेर चोरी गर्न नपाउन् ।

यो पर्खालले स्यान जुआन डी मिराफ्लोर्स र सुरको बस्तीलाई अलग गर्छन् । पर्खालको एक तर्फ लास क्याजुआरिनाजमा जहाँ देशका सबैभन्दा धनी मानिस बस्छन् भने अर्कातिर भिस्टा हर्मोसामा गरिब मानिसहरु बस्छन् |
यस पर्खालविरुद्ध कयौं अभियान पनि चलाइएको दछ । स्थानीयबासी पनि यो पर्खालको विरोधमा उत्रेका छन् ।

सामाजिक सञ्जालमा यससँग जोडिएका तस्बिर र भिडियो पनि पोस्ट गरिएको छ । मानिसले यो पर्खालालाई रंगाउन पनि थालेका छन् ।

यसको तस्बिर सामाजिक सञ्जालमा शेयर गरिएपछि देश विदेशका मानिसहरु पनि यो अभियान जोडिन थालेका छन् । – हालै यो पर्खालसँग सम्बन्धित तस्बिर पनि ड्रोनबाट खिचिएको छ । यसपछि यो पर्खालबारेमा तीब्र बहस पनि शुरु भएको छ ।

स्थानीय सञ्चारमाध्यमको लेखिएको छ-युवतीको जुन घरमा क्यान्डलले उज्यालिएको हुन्छ, जसको छत भत्केको छ, उसलाई धनीको विलाशी इलाकाबाट अलग थलग गरिएको छ । दुबै केही किलोमिटरको दुरीमा रहेका छन् ।

- See more at: http://www.zoomnp.net/archives/19692#sthash.KCiDndDk.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment