राजविराजमा पर्शुराम बस्नेतको टोलीमाथि मधेसी मोर्चाको आक्रमण प्रयास

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


११ पुस, राजविराज । मधेस जागरण तथा संवाद अभियान लिएर मधेस आन्दोलनको केन्द्रभाग सप्तरीको राजविराज पुगेका युवा संघका महासचिव किरण पौडेल र सचिव पर्शुराम बस्नेतमाथि मधेसी मोर्चाका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।
प्रहरी र युवा संघका कार्यकर्ताहरुको ठूलो उपस्थितिका कारण मधेसी मोर्चाका कार्यकर्ताको आक्रमण प्रयास भने विफल भएको छ । शुक्रबार सिरहाको भेला सकेर राजविराज पुगेका युवा संघ नेताहरुको बैठक बसेको घरमा समेत मोर्चा कार्यकर्ताले आक्रमण गरेका थिए ।Capture
मोर्चाका कार्यकर्ताले सप्तरीमा एमाले जिल्ला कार्यालयको बोर्ड तोडफोड गरे पनि झडप भने हुन पाएन । मोर्चा कार्यकर्ताले मधेस विरोधी भन्दै एमाले र युवा संघ नेताहरुको नामै लिएर नाराबाजी गरेका थिए । उनीहरुले किरण पौडेल मूर्दावाद, पर्शुराम बस्नेत मूर्दावाद जस्ता नारा लगाएका थिए ।
‘हामी युवा संघको विस्तारित बैठकका लागि गएका हुनाले कम संख्यामा थियौं, उनीहरुसँग भिड्ने उद्देश्य हाम्रो होइन’ सचिव बस्नेतले भने ।
युवा संघका केन्द्रीय सचिवालय सदस्य निरञ्जन झाको घरमा संघको विस्तारित बैठक बसेको थियो । जिल्ला अध्यक्ष पशुपति कर्णको अध्यक्षतामा बसेको बैठकले माघ २ गते राजविराजमा वृहत मधेस जागरण सभा आयोजना गर्ने निर्णय गरेको थियो ।
जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, सत्यनारायण मण्डललगायत एमालेका मधेसी नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको बस्नेतले बताए ।
युवा संघले मधेस जागरण तथा संवाद कार्यक्रम अन्तर्गत तराई मधेसका जिल्लाहरुमा अभियान चलाइरहेको छ । यसक्रममा चूरे तथा राजमार्ग क्षेत्रमा केन्द्रित रहेका युवा संघका नेताहरु राजविराज पुगेपछि मोर्चाले अवरोध गर्न खोजेको हो ।
- See more at: http://www.zoomnp.net/archives/19707#sthash.Aa3rb8Ai.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment