सुँडेनीको गल्तीले महिलाको पाँच बर्षदेखि ओडारमा बास

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

जाजरकोट, पुस ९। पाठेघरमा असर परेपछि दिमागको सन्तुलन गुमाएर लहँ–८ लबिसाकी एक महिला जङ्गलको ओडारमै बास बस्न थालेको पाँच वर्ष बितिसकेको छ । ती महिला कालिका खड्का २०५५ सालमा गर्भवती भएपछि बच्चा जन्माउन नसक्दा गाउँघरकै सुँडेनीले हात हालेर बच्चा झिक्न खोज्दा उनको पाठेघर फुटेको स्थानीय जानकारहरु बताउँछन् । समयमै उपचार पाउन नसकेपछि शारीरिक अवस्था बिग्रँदै गई कालिकाले मानसिक सन्तुलन गुमाएको स्थानीयवासी प्रतिभा खड्काले बताइन। उनले पिसाब एक सेकेन्ड पनि रोक्न सक्दिनन्, जतिबेला पनि उनको पिसाब बगिरहन्छ । अचेत अवस्थामै बोल्ने कालिकाले आफूलाई सबैभन्दा बढी टाउकोमा असर परेको छ भन्छिन । उचित उपचार पाउन नसकेकी कालिकाले मानसिक सन्तुलन गुमाएर ओडारमा बास बस्ने गरेपनि २०६७ सालसम्म घरमै बस्ने गरेको स्थानीयवासी वीरबहादुर खड्काको भनाइ छ । विगत पाँच वर्षदेखि मात्र कालिकाले आफ्नो घर छोडेर लहँ–६ खाराको जङ्गलमा रहेको एक ओडारमा बास बसिरहेकी छिन् । बाह्रै महिना ओडारमै बास बसिरहेकी खड्काले आगोको मात्र सहारा लिने गरिरहेकी लहँ–६ का अमर वलीको भनाइ छ । हेर्दा जीवनको कठिनपूर्ण संघर्षवाट प्रकृतिलाई नै जितिसकेकी जस्तो देखिने कालिकाको साथमा एउटा हँसिया मात्र छ । त्यही हँसियाले जङ्गलमा दाउरा बनाउने र काट्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उमेरले ४० वर्ष पुगेकी कालिकाको परिवार पनि उपचार गर्नसक्ने अवस्थामा छैन । उनले अझै पनि उपचार पाउन सके मानसिक तथा शारीरिक दुबै हिसाबले सञ्चो हुनसक्ने धेरैले अनुमान गर्दै आएका छन् । कालिकाका श्रीमान् मक्करबहादुर खड्का भने उनलाई वास्तै नगरी अर्को विवाह गरेर लहँकै कालिमाटीमा बस्दै आएका छन् । रासस - See more at: http://www.zoomnp.net/archives/19633#sthash.R1paPRRM.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment