पाकिस्तानी गायक अदनान बने भारतीय

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



पाकिस्तानी गायक अदनान सामीका लागि नयाँ वर्ष २०१६ निकै खास बनेको छ । वर्षको सुरुवात मै उनले भारतीय नागरिकता पाएका छन् । उनलाई भारत सरकारले भारतमा बस्न पहिल्यैदेखि निश्चित अवधिका लागि अनुमति दिएको थियो । त्यतिबेला उनी पर्यटक भिसामा भारत आएका थिए ।
उनलाई इस्लामावादस्थित भारतीय दुतावासले एक वर्षका लागि भिसा दिएको थियो । पाकिस्तानको लाहोरमा जन्मिएका अदनान सामीले २६ मे २०१५ मा गृह मन्त्रालयमा मानवियताका आधारमा नागरिकता पाउनुपर्ने भन्दै अपिल गरेका थिए । सन २००१, मार्च १३ मा उनी पहिलो पटक एक वर्षको पर्यटक भिसामा भारत आएका थिए ।
‘कभी तो नजर मिलाओ’, ‘लिफ्ट करा दे’, ‘तेरा चेहरा’ जस्ता चर्चित गीत गाएका सामीले सलमान खानको पछिल्लो चलचित्र ‘बजरंगी भाइजान’ का लागि गाएको कब्बाली ‘भर दो झोली मेरी’ पनि खुब रुचाइएको छ । - 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment